शमसेर केसी
हामी पनि गाउँ घरमा साग र सिस्नो खाको
गाउँको मायाँ चटक्कै बिर्सी प्रदेश तिर आको ।
बाआमा र वाला छाडी ! अलपत्र अहिले
जनपक्षी सरकार हामी पाउने अब कहिले
भोकभोकै बस्नु पर्ने सडक पिडी खानु छैन केही
जनता मारी नेता पोस्ने कम्युनिस्ट सरकार यही ।
आफ्नो काम आफै गर्छु भन्ने आँट गर
जति पनि सरकार आउछन् बिदेशीको भर ।
आत्मनिर्भर बनाउनु छ हाम्रो देश नेपाल
गरिखाने मजदुरलाई देशमै रोजगारीदे सरकार ।
आफु जान्छ बिदेशमा जाहान बच्चा छाडी
रुन्छन् अहिले बिदेशमा मुटु माडी माडी ।
कति राम्रो हाम्रो देश हाम्रो गाउँ घर
बिदेशमा नेपालीलाई के को ईज्जत छर ।
आधी पेट खाउला बरु फर्कौ आफ्नै गाउँमा
मिलीजुलि बसौलानी आफ्नै गाउँ ठाउँमा ।
जति दुःख सहन परे पनि सहुँला गाउँ घर
हिड जाउँ सबै हामी कति बस्ने बिदेशको भर
लाउला बरु टालाटुली खाउँला गेडागुडी
बिदेशले दिएको अनुदान नेता गर्छन् लुछाचुँडी ।
राप्ती गाउँपालिक,
सिसहनिया दाङ
हाल चण्डीगढ़ भारत