मई दिवश

सुरेशकुमार पाण्डे

मई दिवशको ईतिहासलाई मन पराए मजदुरले,
त्यसैले त यो दिन अन्तर्राष्ट्रिय गराए मजदूरले ।

१८८६ का शिकागो शहिदलाई रातो सलाम गरौँ,
रगतले भिजेको रातो झण्डा फरफराए मजदुरले ।

१८०६ मा हड्ताली मोचि माथि षड्यन्त्र रच्नेहरु,
१८३४ न्युयोर्क नानवाई हड्ताल सराए मजदुरले ।

१८८४ मा कामका घण्टा आठ गर्ने भन्दै संघर्ष गरे,
झनै संसारका मजदुर एक हौँ भन्दै कराए मजदुरले ।

१८८९ मा अमेरिका भित्र मनाए मजदुर दिबस हेरौँ,
१८९० एक मई अन्तर्राष्ट्रिय दिवस ठराए मजदुरले ।

मई दिवसको बलिदानी गाथाको लामोछ ईतिहास,
दुनियाँका सामन्तीहरुको मुटु नै थर थराए मजदुरले ।

दिन र रात बराबरी थियो, श्रमजिविहरुका लागि,
त्यसैले त बर्गसंघर्ष मन र मष्तिकमा भराए मजदुरले ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार