भारतमा मई १७ सम्म पुनः लकडाउन

काठमाडौं । कोरोना महामारी फैलिन नदिन भारतमा लागू लकडाउनको अवधि दुई हप्ता थप गरिएको छ । भारतको केन्द्रीय सरकारले देशव्यापी रुपमा लकडाउन मे १७ तारिख अर्थात् जेठ ४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन मे ३ तारिखमा पूरा हुँदै छ ।

कोरोना संक्रमणका हिसाबले ग्रीन जोन अथवा सुरक्षित ठाउँहरुमा भने लकडाउन केही खुकुलो बनाइने भारत सरकारले जनाएको छ।

शुक्रबारसम्म भारतमा ३५ हजार बढी मानिसलाई कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको मृत्यु भइसकेको छ।

नेपालमा लकडाउन सुरु गरिएको चैत ११ गते हो भने भारतले त्यसको भोलिपल्ट लकडाउन लागू गरेको थियो । नेपालको लकडाउन भने वैशाख २५ गतेसम्म तोकिएको छ । नेपालमा अब लकडाउन खुकुलो बनाउने बारे छलफल भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार