दुई छाक माम भएन सरकार

बाबाको सम्पत्ति बेचि पढेर खाशै कुनै काम भएन सरकार
डिग्रीको सर्टिफिकेट बोकी हिडे पनि दाम भएन सरकार ।

खाली खोक्रा भाषण गर्ने गर्छौं सधै चुनाव आउँदा खेरी
रोजगार सिर्जना गर्ने कुनै पनि तामझाम भएन सरकार ।

घरदेखि बेघर भए बा–आमा मलाई पढाउने खर्चले
गरिबले रोजगार पाइ खुशी हुने धुमधाम भएन सरकार ।

परिवार कै लागि आफ्नो ज्यान गुमाएका छन् खाडीमा
फेरि किन शहिदको सुचिमा तीनको नाम भएन सरकार ।

खै के गरु अब डिग्रीको सर्टिफिकेट बोकी हिडी मैले
मेरो घरमा खानालाई दुई छाक माम भएन सरकार ।

आर.एल. संगिता
झिमरुक गाउँपालिका, तुषारा ७ प्युठान

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार