चण्डीगढमा १३१ औं अन्तर्राष्ट्रिय श्रमिक मनाइयो

चंडीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित चण्डीगढ नगर समितिको आयोजनामा विडियो कान्फ्रेसिंग मार्फत मजदुरहरुको महानपर्व अन्तर्राष्ट्रिय मजदुर दिवशको अवसरमा मजदुर आन्दोलनको ऐतिहासिक महत्ववारे विचार प्रस्तुति सहित सम्पन्न गरिएको छ ।

नगर सचिव तेज बहादुर रोकाको सञ्चालनमा तथा नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिकांगोका शहिदहरु समेत विभिन्न ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनटको मौनधारण पश्चात मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले यो महान दिन लाखौलाख मेहनतकश श्रमजीवी मजदुरहरुले रगतको आहुति दिएर पाएको अधिकारको स्मरण गराउने दिनको रुपमा वुझ्न आग्रह गर्नुभयो ।

त्यस्तै मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सल्लाहकार खिमराज चालिसेले मजदुर वर्गले रगतसँग साटेर ल्याएको अधिकार वर्तमान अवस्थामा खोसिएको र मजदुर समस्या अझै विकराल वन्दै आइरहेको वेला मजदुर एकता र मजदुर दिवशको महत्व झनै वढेको उल्लेख गर्नुभयो । यसैगरि मजदुर आन्दोलनको विषयमा वोल्ने अन्य वक्ताहरुमा मूल प्रवाह क्षेत्रीय सदस्य एंव महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, जनजाति विभागका थमन थापा, महिला क्षेत्रीय विभागकी सदस्य एवं नगर संयोजक माया आचार्य, समता क्षेत्रीय विभागका विनु नेपाली, नगर उपाध्यक्ष वालाराम न्यौंपाने, कोषाध्यक्ष किसन खनाल, रक्तिम विभागका दुर्गा विक र खेल विभागका शमशेर केसी लगाएत हुनुहुन्थ्यो ।

लकडाउन एवं कर्फुको समयमा पनि मजदुर दिवशको ऐतिहासिक महत्वबारे चर्चा परिचर्चा गर्न पाउँदा विडियो कांफ्रेंसिंगमा जुटेका सबैले अति सुन्दर अनुभव भएको जनाउँदै खुसी व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार