हिसारमा अडियो कन्फ्रेंसमार्फत मई दिवस मनाइयो

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको आयोजनामा १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम कार्यक्रम अडियो कन्फ्रेंस मार्फत गरिएको छ ।

बिगतका वर्षहरुमा जूलूस सहित कार्यक्रम गर्दै आएता पनि यो वर्ष कोरोना संक्रमणको महामारी र लकडाउनको समस्याले सामाजिक संजालद्वारा मई दिवसको सम्पन्न पारिएको हो । संन्दर्भमा नगर,एरिया,बिभागको गुरुपमा कार्यक्रम सुसम्पन्न गरिएको थियो ।

कार्यक्रममा केन्द्रिय समितिका सल्लाहकार देवि प्रसाद पौडयाल, नेपाली समचारका सहसम्पादक तथा केन्द्रिय सल्लाहकार धनवीर पुन मगरको बिशेष आतित्थ्यता रहेको थियो । कार्यक्रममा क्षेत्र तथा नगर समितिका विभिन्न नेता कार्यकार्ताहरुले मई दिवस सहित समसामयिक बिषयमा आफ्ना बिचार राख्नु भएको थियो ।

त्यसैगरी क्षेत्रीय सदस्य आत्मराम न्यौपाने, तारा सोमरे, महिला क्षेत्रीय विभागबाट निरु सारु, डोलमाया बिकले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

नारायण बिकको सञ्चालनमा र नगर अध्यक्ष नन्द बहादुर लमतरीको अध्यक्षतामा शुरु भएको सो कार्यक्रममा शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि, नगर सदस्य तथा जनजाति विभागका संयोजक केहर सिंह घर्ती मगरले स्वागत मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार