मूल प्रवाहद्वारा लुधियाना निरन्तर राहात वितरणमा

लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समिति र अखिल भारत नेपाली विद्यार्थी संघ लुधियाना नगर समिति सचिव एवं एडवोकेट ललिता पोखरेलको पहलमा निरन्तर मूल प्रवाहका स्थानीय कार्यकर्ताहरुको सहयोगमा जरुरतमन्द कामदार नेपाली मजदूरहरुलाई राहात सामाग्री वितरण गरिरहेको छ ।

केन्द्रीय सदस्य बासुदेव भटाराई, क्षेत्रीय सदस्य– दोर्ण प्रसाद पोखरेल, नगर अध्यक्ष उदयसिंह चन्द, नगर सदस्यहरु रामचन्द्र पौडेल, मानबहादुर आले, खुमबहादुर थापा, गोबिंद परियार, धनश्याम पौडयाल लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा ढोलेवाल वसस्टेशनमा राहात सामाग्री वितरण गरिएको समाचार केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव त्रिभुवन भटृटराईले दिनुभएको छ ।

भट्टराईका अनुसार सोही टिमले जालन्धर वाइपासमा जरुरतमंदहरुलाई राहात वितरण गरेको छ । लुधियाना नगर समितिका कार्यकर्ताहरुको विश्वव्यापी महामारी कोरोनाको कारण लकडाउन झेलिरहेको अवस्थामा सामाजिक तथा मानवीय उद्धार कार्यमा दिइरहेको निरन्तरताले मेहनतकश जनतालाई निकै राहात मिलिरहेको र यसप्रकारको सहयोगले आम जनसमुदायहरुलाई मूल प्रवाहप्रतिको विश्वास अझै दृढ़ रहेने महाशुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार