मूल प्रवाहद्वारा लुधियाना फोकलपाइन्टबाट राहात वितरण

English English Nepali Nepali

लुधियाना फोकलपाइन्ट । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियानाफोकल प्वाइंट नगर समितिले विभिन्न जरुरतमन्द मजदुरहरुलाई राहत बितरण गरेको छ ।

नगर अध्यक्ष राजकुमार अधिकारी, नगर सचिव– अर्जुन कार्की, सदस्यहरुमा धन बहादुर घती मगर, धनप्रसाद अधिकारी, देबीराम थापा, लोकनाथ शर्मा, हरि के.सी., इन्द्र के.सी., हेम मलासी, उमेश कुमार बोहरा लगायतका कार्यकर्ताहरूको उपस्थितमा सेरपुर ढापारोड, मंगली, ढडारी र जीवन नगरमा राहत वितरण गरिएको छ ।

विश्वव्यापी माहामारी कोरोनाको कारण लकडाउन झेलिरहेको पञ्जाबमा मूल प्रवाहका कार्यकर्ताहरुले सामाजिक तथा मानवीय उद्धार कार्यले सर्वसाधारणलाई लगातार मद्धत मिलेको नगर सचिव अर्जुन कार्कीले वताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार