मूल प्रवाहद्वारा केरलामा राहत वितरण

कोट्याम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिद्वारा राहत वितरण गरिएको छ । कोट्टयाम नगर समिति अन्तर्गत कायमकुलम एरिया समिति भित्र कट्टानम भेट्टिकोड भन्ने ठाउँमा राहात वितरण गरिएको हो ।

जैमिनी नगरपालिका ५ बागलुङ र फलेबास नगर पालिका ४ पर्वतका दुई परिवार सहित ८ जना नेपाली नागरिकहरुलाई राहत वितरण गरिएको नगर सचिव मनोज जिसीले जनाकारी दिनु भएको छ ।

सो राहत कोविड– १९ को कारण आर्थिक तथा भौतिक रुपमा अत्यन्तै समस्या रहेकाले जानकारी आएकोले नगर समितिको पहलमा उनीहरुलाई क्षेत्रीय वैकल्पिक सदस्य भद्रबहादुर श्रीषले सम्बन्धित पिडितहरुलाई राशन सामाग्री वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार