आफ्ना नागरिकहरुप्रति केसी गम्भिर तर प्रधानमन्त्री ओली……..

काठमाडौं । कोरोना भाइरसका कारण बिकराल स्थितिमा फसेका भारतस्थित नेपाली मजदुरहरुका लागि राष्ट्रिय जनमोर्चा र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गम्भिरता पुर्वक काम गरिरहेको छ । का. चित्रबहादुर केसीले आइतबार बिहानैदेखि भारत र तेस्रो मुलुकमा अलपत्र नेपालीहरुलाई अबिलम्ब नेपाल ल्याइ ब्यबस्थापन गर्ने विषयमा सरकारसँग छलफल गर्नुभएको छ ।

मूल प्रवाहले भारतस्थित नेपाली राजदूत र आफ्ना बिभिन्न क्षेत्रीय समितिहरुसँग परामर्स गरेर के कसरी सुरक्षित रुपमा समस्या ग्रस्त नेपालीहरुलाई नेपाल फर्काउन सकिन्छ भन्ने बिसयमा काम गरिरहेको जानाकारी प्राप्त भएको छ ।

कुवेतमा समस्यामा परेका हजारौं नेपालीहरुका बारेमा छलफल गर्न कुबेत नेपाली एकता समाजका नेता खुम रयमाझी कुबेतस्थित नेपाली दुताबासमा छलफल गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा अलपत्र नेपालीहरूलाई अहिले स्वदेश नफर्काईने बताउनुभएको छ । भारतमा रहेका नेपालीहरूले आफुहरू अलपत्र परेर भोकै मर्ने अवस्था आएकोले नेपाल फर्काउन गुहार गरिरहेका बेला प्रधानमन्त्री ओलीले भारतबाट कोरोना भित्रिने सम्भावना बढि भएकाले अहिले नै नेपालीलाई ल्याउन नसकिने बताउनुभएको हो ।

उहाँले भारतमा रहेका नेपालीहरुलाई अहिलेको अवस्थामा स्वदेश ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताउनुभयो । आइतबार मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल भएपछि सीमानाकामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको प्रधानमन्त्रीले बताउनुभयो ।

भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो । उहाँले लकडाउन कडाइ साथ पालना गराउन गृहमन्त्रीलाई निर्देशन पनि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार