भारतका नेपालीहरुलाई प्राथमिकता साथ स्वदेश भित्राउ : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विदेशस्थित नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन पहल गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले मंगलबार एक विज्ञप्ती जारी गरि भारतमा रहेका नेपालीलाई स्वदेश ल्याउन प्राथमिकता दिन पनि राजमोले आग्रह गर्नुभएको छ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलद्वारा जारि वक्तव्यमा भन्नु भएको छः “भारतमा सामान्य र निम्न प्रकारका नोकरी गर्ने नेपालीहरुको अवस्था अत्यन्त चिन्ताजनक भएको छ ।” पौडेलले कोरोना भाइरसका कारणले नोकरी छुटेपछि उनीहरुलाई खान र बस्न पनि धेरै मुस्किल परेको छ र त्यसले गर्दा भोकमरीको अवस्था नै उत्पन्न भएको बताउँदै विज्ञप्तीमा लेख्नुभएको छ : “त्यसकारण उनीहरुलाई नेपालमा ल्याउन पहल गर्नुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ ।”

“भारतस्थित नेपाली दुतावास तथा नेपालीहरुका विभिन्न संगठनहरुद्वारा सम्पर्क गरेर कुन ठाउँमा कुन नेपालीहरुको अवस्था अत्यन्त खराब छ ? त्यो छुट्याई प्राथमिकताका आधारमा उनीहरुलाई नेपाल ल्याउन ठोस पहलकदमी गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।” पौडेललेले भारतस्थित नेपालीहरुप्रति अत्यन्तै चिन्तित हुँदै लेख्नु भएको छः– “अन्यथा भारतमा भोक र रोगले गर्दा ठूलो संख्यामा नेपालीहरु विरामी हुने वा मृत्यु हुने सम्भावनाप्रति पनि हामीले सरकारको ध्यानाकर्षित गराउन चाहान्छौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार