‘लकडाउन पछि नेपालीको भविष्य कस्तो होला ?’

काठमाडौं । गण्डकी प्रदेशसभा सांसद पियारी थापाले लकडाउनले मात्रै समस्याको समाधान नभएको भन्दै कोरोना परीक्षणको दायरा बढाउन माग गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद थापाले लकडाउन (बन्दाबन्दी) ले मात्रै कोरोना संक्रमण नरोकिएकोले परीक्षणको दायरा बढाउन आग्रह गर्नुभएको छ ।

‘नेपालको तराई क्षेत्र कोरोनाको मुख्य बिन्दु देखिने क्रम सुरु भयएको छ । जनतालाई घर भित्र बसालेर उक्त क्षेत्रको जाँच प्रणाली बढाउन कसले भनिदिनु पर्ने हो ?’ उहाँले प्रश्न गर्नुभएको छ ।

थापाले लकडाउनपछि नेपाल र नेपालीको भविष्य कस्तो हुन्छ? भन्ने बारे बेलैमा सचेत हुनुपर्ने पनि स्पष्ट पार्नुभएको छ । ‘काम र मामका लागि विदेशिएका दाजुभाइ दिदिबहिनी हरुको रोजगारी गुम्ने निस्चित भैसकेको छ ।

यस्तो परिस्थितिमा बन्दाबन्दी पछिको नेपाल र नेपालीको भविष्य कस्तो हुने भन्ने बिषयमा राज्यको उपयुुक्त मार्गचित्र हुनु पर्छ’ फेसबुकमा लेखिएको छ ।

https://www.facebook.com/superva.thapamagar/posts/2653581434878874

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार