राजमो सांसद दुर्गा पौडेलद्वारा सरकारलाई दबाब

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल लकडाउनका कारणले रोजीरोटी गुमाएका सम्पूर्ण भारतस्थित नेपालीहरुलाई स्वदेश भित्र्याउन सरकार गम्भीर बन्नु पर्नेमा जोड दिनुभएको छ । सांसद पौडेलले सोमबार सम्पन्न “संघीय संसद राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति” को बैठकमा विश्वका विभिन्न देशहरुमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश भित्र्याउनु पर्नेमा जोड दिनुभएको हो ।

कोरोना संक्रमणलाई रोक्नलाई भारत लगायत विश्वका अधिकांश देशहरुले आंशिक तथा पूर्ण रुपमा लकडाउन गरिएका छन् । लकडाउनले उद्योग, स्कुल, कलेज, होटल, रेस्टुरेन्ट पार्टी फङ्गसन, सपीङ्ग मल आदि बन्द भएका छन् । जसले गर्दा हजारौँको संख्यामा नेपाली मजदुर प्रभावित भई बेरोजगार तथा असाह्य भएका छन् । तर नेपाल सरकार भने गम्भिर बन्न सकिरहेको छैन । यसै परिवेशमा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सो विषयमा जोड दिंदै तुरुन्त भारत लगायत विश्वका विभिन्न देशहरुमा रोजगार विहिन भई अलपत्र अवस्थामा पुगेका नेपालीहरुलाई स्वदेश भित्र्याई आवश्यक व्यवस्थापन गर्नु पर्ने जोड दिनुभएको छ ।

स्मरण रहोस् भारतमा रेस्टुरेन्ट, ढावा (सडक होटल), कलेज, कोचिङ्ग सेन्टर नजिकका पेईग गेस्ट (होस्टेल), क्यान्टीन आदिमा नोकरी गर्ने, मोमोज स्टाल लाउने, रेडीमा सब्जी–तरकारी बिक्री गर्ने एवं चिया पसल गर्ने, बिभिन्न पार्टी फङ्गसनहरूमा वेटर काम गर्नेमा, मार्किट तथा क्लोनीमा चौकीदारी गर्ने, एक भन्दा बढी घरमा खाना पकाउने, सरसफाई गर्ने लगायतका असंगठित क्षेत्रमा कार्यरत नेपालीहरूको ठूलो संख्या छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार