मूल प्रवाहद्वारा इरोडमा ३३ मजदूरहरूलाई राहत

इरोडा । आज आम रूपमा नेपाली मजदूरहरू बेरोजगारी मात्र हैन रोग भोक र शोकको शिकार बन्दै गइरहेका छन् । यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत ईरोड नगर समितिले ३३ नेपाली मजदुरहरुलाई राहात प्रदान गरेको छ ।

मूल प्रवाहले वैश्विक महामारीको रुपमा पैलिएको कोरोना भाइरस संक्रमण र त्यसलाई रोक्न सरकारद्वारा लगाइएको लकडाउनका कारण अलपत्र परेका ३३ नेपाली मजदूरहरूलाई बस्न खानको व्यवस्था मिलाएको हो ।

कोरोना भाइरसका कारण भारतमा लकडाउन शुरू भए यता तमिलनाडुको सेलम मेइन रोडमा पर्ने शंकगिरी भन्ने ठाउँमा अस्थायी रूपमा होटेल, रेष्टुरेन्ट र स्कुल कलेजमा काम गर्ने शरूमारानी गाउपालीका वाड नं २ प्युठानका निवासी ३३ जना मजदूरहरू होटल, रेस्टोरेन्ट र कलेज बन्द भए पछि बेरोजगार बन्न पुगेका थिए । लकडाउन शुरू भयो, मालिकले सबैलाई आ–आफ्नो व्यवस्थापन आफै गर्नुपर्ने बताएसँगै उनीहरु अलपत्र अवस्थामा पुगेका थिए । त्यस अवधि यता स्थानीयहरुको सहयोगमा उनीहरू सबैजना कार्यस्थलदेखि नजिकैको होटेलमा भाडाको रूम लिएर बस्न बाध्य भए ।

केही समय भाड़ा पनि तिरेको र खाना पनि जसो तसो खाएको तर दोश्रो लकडाउन शुरू भएपछि भने आफूहरुसँग भएको सबै बचत सिद्धिएसँगै उनीहरुलाई खान र वस्नको समस्या भएको थियो । उनीहरुलाई होटेल साहुले रूम खाली गर्न आदेश दिएपछि ठूलो आपत परेको थियो ।

उनीहरुले कुनै माध्यमबाट एकता समाजको सम्पर्क पाए पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसँग हारगुहार गर्न पुगेका थिए । यसै बीच समाजको दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत इरोड नगर समितिका अध्यक्ष भवानी प्रसाद लामिछाने सम्बन्धित स्थलमा पुगि जानकारी लिएका थिए । नगर समिति इरोडद्वारा तत्काल केही राहत प्रदान गर्नुका साथै होटल मालिकलाई केही समय पर्खन अनुरोध गरिएको थियो ।

इरोड नगर समितिले विभिन्न राजनीतिक पार्टीहरूसँग समन्वय गरि लगातार रूपमा प्रशासनसँग राहतको माँग गरेका थिए । यसरी इरोड नगर समितिको पहलमा स्थानीय प्रशासनले उक्त ३३ जना मजदूरहरूलाई रेखदेख गर्ने र सुरक्षा दिने जिम्मा शंकगिरी पोलीस स्टेशनलाई दिइएको भवानी प्रसाद लामिछानेले हामीलाई बताउनु भएको छ । “पोलीस प्रशाशन घटना स्थलको जायजा लिए पछि होटल मालिकले पनि बसेको भाड़ा नलिने र प्रशासनबाट खानको ब्यबस्थापन गर्ने आश्वासन दिएको छ ।”

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उनीहरूलाई गरेको राहत ब्यवस्थापनबाट खुसी भएर सबै जनाले एक पत्रलेखि धन्यवाद दिएका छन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार