भिडियो वार्ताः कहिले आउँछ, ‘जलजला’ ?

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले लेख्नुभएको उपन्यास ‘जलजला’ कहिले बजारमा आउँछ ? यो धेरैले सोध्ने गरेको प्रश्न हो ।

यही प्रश्न प्रगतिशील लेखक संघका महासचिव समीर सिंहले उपन्यासका लेखक महामन्त्री सिंहसँग सोध्नुभएको छ । सिंहले १७ वर्षदेखि आफूले जलजला लेखिरहेको बताउनुभएको छ तर राजनीतिक जिम्मेवारी र अन्य साहित्यिक कामका कारणले जलजलालाई पुरा गर्न नपाएको उहाँले बताउनु भएको छ ।

हालै कोरोना भाइरसको संक्रमणका कारण भएको लकडाउनका क्रममा सिंहले जलजला लेखनको बाँकी कामलाई पूर्णता दिने प्रयास गरिरहेको बताउनुभएको छ ।

आफ्नो जीवनकै महत्वपूर्ण साहित्य रहेको बताउनुहुने महामन्त्री सिंहले जलजला कस्तो उपन्यास हो, यसमा समावेश भएका विषयबस्तु के के छन्, यो कहिले तयार हुन्छ जस्ता विषयलाई समीर सिंह मार्फत स्पष्ट पार्नुभएको छ ।

नाताले बुबा–छोरा मोहनविक्रम र समीरबीचको भिडियो संवाद निकै रोचक पनि छ । भिडियोलाई समीर सिंहले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार