बिग्रियो हालत

जनक विसी, केरला

बिग्रियो देशको हालत
हर कदममा हुदैछ आघात
चर्किए उन्मादिका लस्कर
दवियो शान्तिका आवाज ।

२०१९ डिसेम्बरमा चिनबाट सिर्जियो कोरोना भाईरस
विश्वमा लाखौं लाख मानव मरि गए अकाल
मरेको लास बेवारिसे बनेको संसार
अहिलेसम्म भेटिएन उपचार मेडिसिन
बिग्रियो संसारको हालत ।

देशले गरिरहेको लकडाउन र कोरेन्टाईनको सफल
राहत दिने नाममा सरकार असफल
दुःखीहरुका मन र हातहरु खालीखाली
सिंह दरबारभित्र बजाउँ छन् ताली
यसैले बिग्रियो देशको हालत ।

उठ हे !! सम्पुर्ण देशवासी हो
दुःख हो हामी सबैको
नवसौ भएर बिवस
राक्षसहरुलाई सबै मिली हानौ बलियो लात
बिग्रियो देशको हालत ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार