मसालद्वारा सरकारको कडा निन्दा

काठमाडौं । भारतले धार्चुलादेखि नेपाली भूभाग हुँदै लिपुलेकसम्म एक पक्षीय रुपमा सडक निर्माण गरी शुक्रबारबाट सञ्चालनमा ल्याएको छ । यसै बीच नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले भारतले नेपाली भूमि लिपुलेक भएर मानसरोवर जाने सडक निर्माण गरेकोप्रति आपत्ति जनाएको छ ।

पार्टीका महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक वक्तव्य प्रकाशित गरी सरकारले भारतीय साम्राज्यवादको हस्तक्षेपको विरोध नगरेर भारतपरस्त नीति अपनाएको भन्दै सरकारको कडा निन्दा गर्नु भएको हो ।

सिंहद्वारा जारि उक्त वक्तव्यमा भारतले गरेको सीमा अतिक्रमण, एमसीसी तथा नेकपाभित्रको झगडा लगायतका विषयमा पार्टीको धारणा स्पष्ट पारिएको छ ।

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2020/05/stt.pdf”]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार