साउदी अरब नेपाली एकता समाजको भेला सम्पन्न

साउदी, ८ मई । साउदी अरब नेपाली एकता समाज केन्द्रीय समितिको भेला सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन मगरको प्रमुख आतित्थ्यतामा भिडियो कन्फ्रेन्स मार्फत भेलामा भेला सम्पन्न भएको छ ।

भेलाले राजकुमार धिताल (दमाम) को अध्यक्ष्यतामा ११ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– दुर्गाबहादुर परियार (रियाद) महासचिव– जेवी फौजा, (खमिस मुसायत), सचिव– खुमिराम भण्डारी (रियाद) र कोषाध्यक्ष– गणेश पोख्रेल (आभा) रहनुभएको छ ।

त्यस्तै भेलाले ठाकुर पौडेल (जुवेल), दिपक वञ्जाडे (दमाम), हरिप्रशाद शर्मा (रियाद), खेम राना मगर (रियाद), टिपकुमार (दमाम) र नरेन्द्र केसी (जेद्दा)लाई समितिको सदस्यमा चयन गरेको छ ।

कार्यक्रमको राजकुमार धितालको अध्यक्षता तथा सञ्चालन जेवि फौजा र खुमिराम भण्डारीको स्वागत मनतव्यबाट अगाडि बढेको सो भेलामा प्रमुख अतिथि लुमाकान्त पुनले उद्घाटन मन्तव्य दिनुभएको थियो ।

पुनले संगठनको नीति, विचार, लक्ष्य, उदेश्य, कार्यनीति तथा अनुशाशन समबन्धि आफ्नो भनाई राख्नुभएको थियो । साथै साउदी अरब नेपाली एकता समाजले साउदी भरि छरिएर रहनुहुने सम्पुर्ण श्रमजिवि नेपालीहरुप्रति अभिभावकिय भुमिका खेल्न सफल हुनेमा विसवास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार