लकडाउनको अवधिमा पनि धमाधम जनताको सेवामा मूल प्रवाह

जालन्धर । कोरोना भाइरसको संक्रमणलाई रोकथामका लागि लगाइएको लकडाउनको दौरानमा आपत विपतमा परेका, मृत्यु, असहाय वेरोजगार मजदूरहरूलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कार्यकर्ताहरुबाट चन्दा सङ्कलन गरेर नै भए पनि राहात पुर्याउँदै आएको छ ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरले आर्थिक अभावसँग जुधिरहेका नविन घर्तीलाई २० हजार ४०० नगद सहयोग गरेको छ ।

जालन्धर अन्तर्गत जे.पी. नगरमा नवीन घर्ती सिकिस्त बिमार भएको र उपचारका लागि आर्थिक अभाव भएको जानकारी मूल प्रवाह नगर समिति जालन्धरमा प्राप्त हुनासाथ नगर समितिका कार्यकर्ताहरुले उनको आर्थिक अवस्थालाई छानविन गरेका थिए । तत्पश्चात नगर समितिका कार्यकर्ताहरुले आर्थिक संकलन गरि २० हजार ४०० नगद सहयोग गरेका छन् । नवीन घर्ती बाग्लुङका अनिल घर्तिका छोरा हुन् । हाल उनको उपचार चलिरहेको छ ।

त्यसका साथै लकडाउन भएको हुनाले उनको कोठामा खाद्यान्न र सबै प्रकारका सरसफाइका समान सिद्धिएको अवस्थामा उनलाई नगर समितिले सहयोग गरेको छ ।

यसैगरी लकडाउनको दौरानमा बस्ती बावाखेल एरियामा २४ अप्रेलका दिन मनिलाल सुनाम गाउँपालिका रैनादेवी १ भुवन पोखरी पाल्पा निवासी श्रीमती सुमित्रा देविलाई उपचारको क्रममा मृत्यु भएको हुँदा एरिया अध्यक्ष तिलबहादुर थापाको नेतृत्वमा आर्थिक सङ्कलन गरि रू. १९७१ सहयोग गरिएको छ ।

त्यसैगरि इन्डस्ट्रीयल एरियामा लकडाउनको कारण विभिन्न परिवारहरुमा खाद्यान्नको अभाव देखापरेपछि इन्डस्ट्रीयल एरिया समितिका अध्यक्ष हिम प्रसाद सुनामको नेतृत्वमा दर्जनौं पीडित परिवारहरुलाई आवश्यक खाद्यान्न वितरण गरिएको छ । राहात बितरणका लागि नगर समितिका अध्यक्ष जितमान थापा, सदस्य, सल्लाहकार र जे.पी. नगर एरिया अध्यक्ष शेरबहादुर पुन, बावाखेल एरिया समितिका तिल बहादुर थापा मगर र सिटि एरियाका अध्यक्ष मधुकर भण्डारी लगायतका नेता कार्यकर्ताहरुको सहयोग रहेको थियो ।

आपतको समयमा ज्यानको प्रवाह नगरी राहत जुटाउन र वितरणका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति तथा एरिया समितिका सम्पूर्ण कार्यकर्ताहरुले जालन्धरस्थित नेपाली श्रमजिवीहरुलाई पर्न गएको समस्याप्रति सजग र सतर्कता अपनाउँदै समाधानका लागि जुटिरहनु भएको छ । प्रत्यक्ष स्थलगत छाबिन र नेपालबाट आउने गरेका सिफारिसहरुलाई समेत प्रथामिकता दिंदै समस्या समाधान गर्न आफूहरु लागि परिरहेको केन्द्रीय सदस्य कुल बहादुर बगालले हामीलाई जानकारी दिनुभएको छ ।

यो पनि पढ्नु होस् :

भारतमा अलपत्र नेपालीहरुको आवाज संसदमा पनि गुंजियो (अडियो सहित)

मूल प्रवाहद्वारा २१ हजार श्रमिकहरुलाई तत्काल उद्दारका लागि परराष्ट्र समक्ष माग

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार