मूल प्रवाहद्वारा चण्डीगढमा २५० जनालाई राहत प्रदान

चंडीगढ़, ९ मई । वैश्विक महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड १९) को संक्रमण र त्यसलाई रोकथामका लागि लगाईको लकडाउनको समय जतिजती बढिरहेको छ, त्यती नै भोक र विपन्नता बीच संघर्ष गर्न बाध्य छन् नेपाली श्रमिकहरु ।

खासगरि यतिवेला होटल, कैटरिंग लगायतका विभिन्न असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुको जीवनस्तर झनभन्दा झन् अप्ठारोमा पर्दै गइरहेको परिस्थितिमा मूल प्रवाहका कार्यकर्ताहरुद्वारा भारतका विभिन्न शहरहरुमा गरिएको सहयोग उल्लेखनीय र सह्रानीय रहेको छ । यसरी मूल प्रवाहका कार्यकर्ताहरुले भोकसँग जुध्न वाध्य भएकाहरुलाई आफु सक्दो सहयोग गरि मानवीय व्यवहारको उदाहरण पेश गर्दै आएका  छन् ।

यो पनि पढ्नु होस् : मूल प्रवाहद्वारा २१ हजार श्रमिकहरुलाई तत्काल उद्दारका लागि परराष्ट्र समक्ष माग

विगत ४५ दिनदेखि लकडाउन र कर्फ्युको कारण विवशतापुर्ण जीवन निर्वाह गर्न वाध्य भइरहेका नेपाली श्रमजीवी मजदुरहरुलाई थोरै भए पनि राहात पुर्याउने उद्धेश्यले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़ नगर समितिका कार्यकर्ताहरू बीच स्वेच्छिक सहयोग संकलन गरि ४२ परिवारका करिव २०० जनालाई राहात वितरण गरिएको छ ।

१० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १ किलो नुन, ५०० ग्राम सोयाविन वडि, २ किलो आलु, २ केजी हरियो शव्जीहरु रहेको किट चण्डीगढ स्थित किसनगढ़, सेक्टर २८, कजहेडी, खुट्टे दौरा तथा सेक्टर १५ मा वितरण गरेका हुन् । भिडियो कन्फ्रैन्स बैठकबाट तयसँग कार्यान्वयको दौरानमा नगर समितिले सो राहत सामग्री वितरण गरिएको हो । राहात पाउनेहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई धन्यवाद दिएको नगर अध्यक्ष नगर अध्यक्ष मान बहादुर केसीले हामीलाई बताउनु भएको छ ।

त्यसैगरि सोही नगर समिति अन्तर्गत मोहाली एरियाको फेस ९ मा संगठनका केन्द्रीय सदस्य दिनेश खड़का र नगर उपाध्यक्ष वालाराम न्यौपानेको विशेष सहयोगमा स्थानीय मेयरसँग सहकार्य गरि नेपाली श्रमिकहरुलाई राहात सामाग्री दिलाउनु भएको छ ।

यो पनि पढ्नु होस् : भारतमा अलपत्र नेपालीहरुको आवाज संसदमा पनि गुंजियो (अडियो सहित)

९ परिवारका करिव ५० जना विगतमा न्युडल, मोमोज लगाएर जीवन निर्वाह गरिरहेको भए पनि कार्यस्थल बन्दुसँगै आफुहरुलाई समस्या परेको गुनासो मूल प्रवाह नगर उपाध्यक्ष वालाराम न्यौपानेसँग आए पछि प्रसाशनिक सहयोग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार