मूल प्रवाहद्वारा तारापुरमा राहात वितरण

तारापुर । मुल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुरन नगर समितिको पहलामा बिस जना अलपत्र परेका नेपालीहरुलाई प्रत्येक दिन बेलुका एक छाक खाना दिने व्यवस्था गरेको छ ।

तारापुर एकै ठाउँमा बिस जना अलपत्र परेका मजदुर घटना स्थलमा समाजका टंक कुँवर र लेखनाथ पान्डे पुगेर छानविन गरि उनीहरुलाई प्रत्येक दिन एक छाक खाने व्यवस्था मिलाएको छ ।

लकडाउनको कारण असंगठित क्षेत्रमा कार्यरत नेपालीहरु रोजगार विहिन भएपछि भोकै मर्ने अवस्था पुगेकोले स्थानीय संस्था (नबयुवक मित्र मंडल ब्यापरी सस्था) अध्यक्ष अल्पेस मोरे र संस्था कै बाबु सेट्टीसँग सहकार्य गरि मूल प्रवाहले उनीहरुलाई ४ मईदेखि प्रत्येक दिन बिस जनालाई बेलुका खाना दिने व्यवस्था गरिएको छ ।

त्यसैगरि सोही नगर समितिको पहलमा ३५ जना अलपत्र परेका नेपाली श्रमिकहरुलाई केही खाद्यान्न र १०० थान माक्स बितरण गरिएको छ । तारापुरका विभिन्न ठाउँमा अलपत्र अवस्थामा पुगेका नेपालीहरुलाई मूल प्रवाह तारापुरको पहलमा श्रमिक मजदुर संगठनले ३५ जना प्रत्येकलाई खाद्यान्न राहात सामग्रीहरु वितरण गरिएको छ ।

सो राहात वितरण श्रमिक मजदुर पालघर जिल्ला अध्यक्ष दिनेश पवार संस्था कै दिलवाल लखानी कमर (भाइजन) र मूल प्रवाहका टंक कुवर, खडक राई, बोम सिंजापतिको उपस्थितमा अलपत्र श्रमजिवीहरुलाई राहात प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार