मूल प्रवाहद्वारा हिसारमा राहात वितरण

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार द्वारा अहिलेको कोरोना भाईरस लकडाउनमा आफ्नो जिविका चलाउन अत्यन्तै मुस्किल भएका झापा जिल्ला, मेची नगरपालिका १० धुलाबारी हाल हरियाणा हिसार जयदेव ढाणिमा रहने ९ जाना श्रमिकहरू र अर्घाखाँची सिमल पानी हाल हिसार जहार नगर बस्ने ५ जाना परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्य तथा पिजि संचालक गोपालले सिमल पानी, अर्घाखाँची हाल रामपुरा मोहल्ला बस्ने परिवारलाई व्याक्तिगत रुपमा खाद्यान्न सामग्री वितरण गर्नुभएको थियो । पिडित परिवारको सिघ्रही नेपाल आफ्नो घर जाने बिचार राख्नु भएको थियो ।

उक्त खाद्यान्न वितरण नगर समितिका कार्यकर्ताद्वारा आर्थिक संकलन गरि पिडित परिवारलाई सहयोग गरिएको थियो । यस कार्यमा क्षेत्रीय सल्लाहकार तारा सोमरे, जनजाति संयोजक केहर सिंह घर्ती मगर, नगर सदस्य सुरेश क्षेत्री, ईन्ड्रष्ट्रीयल एरियाका अध्यक्ष लालबहादुर चुदाली, सदस्य नबिन बगाले, नगर सदस्य छत्र बहादुर सारु, नगर सहसचिव नारायण बिक, ओम प्रकाश तिवारी, नगर सदस्य नारायणको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार