मूल प्रवाहका कार्यकर्ताहरुवाट जनसहयोग

संगरुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण डेढ महिनादेखि जारी लकडाउन लम्विदै गइरहेको अवश्थामा जन–जीवन झन भन्दा झन कष्टकर तथा दिनचर्या अस्त–व्यस्त भइरहेको छ ।

यस संदर्भमा भातरस्थित नेपालीहरुको अभिभावक संगठनको रुपमा परिचित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ताहरुद्वारा प्रस्तुत गरिएको मानवीय स्वभावको प्रदर्शन गर्दै सहयोगको लहर भारतव्यापी रुपमा चलिरहेको छ ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिले डेढ महिनादेखि जारी लकडाउनको कारण समस्याग्रत भई विचल्लीमा परेका परिवारलाई चिन्हित गरि राहात स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको छ ।

स्थानीय विपन्न तथा जरुरतमंद ४० परिवारका करिव १६० जनालाई मूल प्रवाहका कार्यकर्ताहरुको स्वैच्छिक सहयोगबाट संकलन गरि राहत वितरण गरिएको नगर अध्यक्ष खेमराज पोखरेलले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार