मूल प्रवाहद्वारा पुनाका विभिन्न स्थानमा राहात वितरण

पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता सममाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पुना नगर समितिद्वारा सञ्चालित विमाननगर एरिया समितिद्वारा कोरोना भाईरसको कारण बिचल्लिमा परेका नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई राहत बितरण गरिएको छ ।

२१ अप्रिल २०२० मा पुणेको विमान नगरमा नेपाल कैलाली जिल्लाका छ घर परिवारलाई ४ हज्जार बराबरको खाद्यान्न सामाग्रीहरु बितरण गरिएको छ ।

२५ अप्रैल २०२० का दिन उत्तर प्रदेशको पलियामा बिचल्लिमा परेका सुर्खेतका करिब १२ जना पिडितहरुलाई गुगलपे मार्फत नगद रु. ३ (तिन हजार) पठाएर सहयोग गरिएको छ ।

२८ अप्रिल २०२० का दिन पुनाको बिमाननगरमा कैलालिका १० घरपरिवारलाई ७ हजार नगर बराबरको खाद्यान्न सामाग्र राहात बितरण गरिएको छ ।

९ मे २०२० का दिन पुनाकै बिमाननगरमा कैलालि कै १० घर परिवार र केही स्थानीय नागरिकहरुलाई समेत पुग्ने गरि ८ हजार नगद बराबरको खाद्यान्न सामाग्रीे राहत बितरण गरिएको छ ।

१० मे २०२० मा पिंपिरी, चिंचोवड, निगिडीमा सुर्खेत र कैलालिका २० घरपरिवारलाई ८ हजार बराबरको खाद्यान्न राहात सामान बितरण गरिभएको छ ।

राहात संकलन र बितरणका लागि कृष्ण प्रसाद अधिकारी र राम बाजि लगायतका कार्यकर्ताहरुको पहलर नेतृत्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार