मूल प्रवाहद्वारा हैदरावादमा राहात वितरण

हैदरावाद, ११ मई । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिले कोरोना भाइरस संक्रमण रोकथामका लागि लगाइएको लकडाउनले रोजगार गुमाई प्रभावित भएका नेपालीहरुलाई राहत प्रदान गरेको छ ।

हैदराबादको इन्द्र नगर, कोन्डापुर, हफिस्पेट, इज्जत नगर, मादापुर र जेएनटियुमा कार्यरत नेपाली मजदुरहरु बीच सो राहात वितरण गरिएको हो ।

बाग्लुङ र गोर्खाका ९० जना करिबलाई मूल प्रवाहले राहात वितरण गरेको हो । सुर्य बहादुर पुनको नेतृत्वमा बन्जराहिल्स एरियाका धन बहादुर नेपाली, जुब्लिहिल्स खेल समितिका दिपक ढकाल र देबबहादुर गोटायेको बिशेश सहयोगमा सो राहात स्वरुप खाद्यान्न र ग्यास बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार