मुख्यमन्त्री ज्यू हामी भारतमा अलपत्र पर्यौं

नयाँ दिल्ली । भारतको उत्तराखण्डमा अलपत्र अवस्थामा रहेका एक नेपाली श्रमिक युवकले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई फेसबुक मार्फत एक पत्र लेखेका छन् । उनले उक्त पत्रमा भारत प्रवासमा अफूहरुले भोग्नु परेको समस्याका बारेमा अवगत गराएका छन् ।

त्यसका साथै उनले नेपाली दूतावास नयाँ दिल्लीलाई समेत माग पत्र प्रस्तुत गर्दै नेपालीहरुका विभिन्न समस्यालाई लिएर उनले प्रस्तुत गरेको माग पत्रमा टोलफ्रि नम्बरको व्यवस्था गर्नु पर्ने समेत जनाएका छन् ।

प्रस्तुत छ, सुशील परियारको पत्र :

माननीय मुख्यमन्त्री शंकर पोख्रेल ज्यु
५ न. प्रदेश
हार्दिक नमन

अहिलेको यस महामारी, कोरोना भाईरस कोविड–१९, को जटिल परिस्थितिमा, हाम्रो नेपाली नागरिकले भारतको विभिन्न राज्यमा भोकभोकै र अलपत्र परेका छन् । आफ्नो रोजीरोटी, अर्थात रोजगारीको सिलसिलामा भारतको कुना–कुनामा छरिएर रहनु भएको छ । म एउटा समाज अभियान्ता भएको कारण मलाई धेरैको फोन मेसेज आउछ । मलाई फोन मार्फत जुन कुरा उहाँहरुले भन्दा मेरो आँखाबाट आँसु झर्छ सर म भाबुक हुन्छु, यसकारण कि उहाँहरुको दुःखकष्ट बारेमा सुन्दा म अति नै चिन्तित हुन्छु ।

माननीय मुख्यमन्त्री ज्यु

तत्काल भारतमा रहेका तपाईंको भोटर र तपाईंको जनता र नेपाली नागरिकलाई उदार गर्नु होस् । हाम्रो विनम्र पुर्वक अनुरोध छ ।

यद्यपि यस विषयलाई गम्भीरतापुर्वक प्रधानमन्त्री, मुखमन्त्री नगर प्रमुख गा.पा. अध्यक्ष, वडा अध्यक्षहरु सम्पूर्णको ध्यानार्कषित भएन भने ठुलो मुल्य चुकाउनु पर्ने छ ।

अहिले यो बिषय सामान्य रहेको छैन । अहिले भारतमा रहेका ३५ लाख, युवा र नेपाली नागरिक फर्किन चाहनामा छन् । यस संकटको समयमा नेपाल सरकार प्रदेश सरकार र स्थानीय सरकारको आशा भरोसा छ, तर विभिन्न मिडिया प्रत्यक्ष फोन मार्फत संबाद भएको छ तर कुनै निकास आए । अहिले ५५ दिन लकडाउन हुँदासम्म पनि कुनै आशा भरोशा या कति प्रतिक्षा गर्ने ? कुनै अभिव्यक्ति आएन हाम्रो नजिक । विभिन्न समस्या आइपरेको छ । अभिभावक भनेको तपाईंहरु भएको कारण तपाईंहरु सामु अनुरोध छ ।

यद्यपि हाम्रो चाहाना र समस्या अनुरुप कुनै पहल कदम चलेन भने हामी सि.डि.ओ घेरा र नेपाली दूतावास घेरा गर्ने र आन्दोलन गर्ने बाहेक अरु कुनै बहाना र तर्क हामीले सुन्ने छैनौं । विषय जनजिवितको बिषय भएको कारण हामी अन्तिम सड्क लडाइ लढ्न तयार छौ । अब हामीले गाउँ घरबाट महिला र बच्चा सि.डि.ओ. घेराउ गर्ने र नेपाली दूतावास, युवा बुद्धिजीवी र नेपाली नागरिकले घेराउ गर्ने छन् यो हाम्रो अन्तिम निर्णय हो ।

कृपया कोरोना भाईरससँग लड्दै गर्दा कहिँ कतै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग लढ्नु पर्ला । यो बिसयमा प्रष्ट हुनुहोस् । हामीले अहिलेसम्म प्रतिक्षामा छौं । यद्यपि हामीहरुको समस्यालाई बेवास्ता गर्ने र आफ्नो ढङ्गले निर्णय गर्ने हो भने हाम्रो आन्दोलनको परिणाम हजुरहरुले बेहोर्नु पर्ने छ । अहिलेसम्म नेपाली नागरिकलाई हामी लगायतलाई सहयोग गरि, जनतन जिवित छन् । यहाँ रहेको दूतावासले केही हेल्प गरेको छैन । अनि भारत सरकारले झन आफ्नो जनतालाई त केही सामान्य हेल्प गर्ने र आ–आफ्नो राज्यमा पठाउने काम गरेको छ भने कसरी नेपाली नागरिकको बारेमा सोंच्ने ? अहिले त भारतले लिपुलेक सीमा बारेमा साेंचेको छ जहाँ घाउ, त्यहीँ नेर नुन, चुक लगाएको छ छिमेकीले । छिमेकीसँग रोटि र बेटिको सम्बन्ध भनेको यहि होला है माननीय मुख्य मन्त्री ज्यु ?

हजुरले तत्काल निकास निकाल्नु होस । मुख्यमन्त्री ज्यु तपाई मेरो फोन सम्बाद भएको थियो । हजुरले भन्नु भएको नेपाली दूतावास र भारतका सरकारसँग समन्वय गर्नु भनेर तर हाम्रो नेपाली दूतावासको फोन रिसिभ नै हुदैन । अलपत्र परेका नेपाली नागरिकको बारेमा छलफल कसरी हुनु ? झन भारतको के आशा गर्नु । यस महामारी कोरोना भाइरसको संकटमा आफ्नो स्वार्थमा लागिरहेको छ । भारतले झन हामीलाई सुरक्षा दिने र हाम्रो हेरचाह गर्ने भन्ने विषय नै आकाशको तारा झार्नु जस्तै भएको महशुस गरेका छौं हामीले ।

यस समयमा नेपाल सरकार र श्रम मन्त्रालयले प्रदेश सरकार, स्थानीय सरकारको सहयोग गरि, नेपाल र भारतको समन्वयमा हामी प्रवासी मजदूरहरूको उद्दारका लागि पहल कार्यप्रति निर्णय गरि तत्काल भारतमा रहेका ३५ लाख मजदुरहरुलाई उदारको अपेक्षा गरेका छौं ।

धन्यवाद

सुशील परियार
बंगलाचुली गा.पा. ६ बचेनी
हाल इन्डियाको उत्तरखण्ड लाखमन्डल

नेपाली दूतावास
बाह्र खम्बा रोड
नयाँ दिल्ली

विषय : माग पत्र

यस महामारी, कोरोना भाईरस (कोविड १९) को जटिल परिस्थितिमा, हाम्रा नेपाली नागरिकहरुले भारतको विभिन्न राज्यमा भोकभोकै र अलपत्र परेका छन् । यस परिस्थितिमा मानिसले आत्महत्यासम्म गर्न पछि परेका छ्रैनन् । यस बिषयमा हजुरहरु विज्ञ नै हुनुहुन्छ, तर विज्ञ भएता पनि यस विषयलाई जोरदार आवाज उठाउनु पर्ने हो । विडम्बना हजुरहरुबाट त्यो आशा पनि सकियो । अब हामीले आफ्नो रोजीरोटी, अथवा रोजगारीको सिलसिलामा भारतको कुना–कुनामा छरिएर रहनूभएका हाम्रा आदरणीय नेपाली नागरिकहरुप्रति ठुलो अपमान भएको छ । हामी नेपाली नागरिक हुनुमा आफैमा गर्व हुनु पर्नेमा आज हामी आफैंलाई एउटा घिणाको पात्र बनेको छौं । अहिले न कसैले हाम्रो आवाज सुन्छन्, नत हाम्रो समस्यामा कसैको नजरमा नै पुगेको छ । अहिले हामी निकैनै जटिल अवस्थामा छौ ।

यहाँ मालिकहरुले हामीलाई कामबाट निकालेको पनि ४५/५० दिन भइसकेको छ । अहिले हामीसँग नत पैसा छ, नत खानको लागि राशन । हामी यसरी झन झन समस्याग्रस्त हुदै छौं । हामी नेपाली नागरिक हौं भने, नेपाल सरकारबाट किन केही पहल हुदैन ? कुनै अलपत्र परेका नेपाली नागरिकको बारेमा छलफल हुँदैन किन हुँदैन ? यो अवस्थामा हामीले कसरी भारत सरकारको आशा गर्नु ? यस महामारी कोरोना भाइरसको संकटमा आफ्नो स्वार्थमा लागिरहेकोले हामीलाई सुरक्षा दिने र हाम्रो हेरचाह गर्ला भन्ने विषय नै रहेन । हामी नेपाली नागरिकहरुको अवस्था गम्भीर हुँदैछ, अब केही दिनमा हामीलाई उदार गरिएन भने हामी भोकभोकै मर्ने भन्दा अर्को विकल्प हुने छैन । यदि हाम्रा उक्त मागहरूलाई बेवास्ता गरियो भने यसबाट उत्पन्न भएका समस्या सम्बन्धित निकायले नै जिम्मा लिनुपर्ने छ ।

मागहरू :

(१) तत्काल नेपालमा क्वारेन्टाइन निर्माण गरि नेपाली नागरिकलाई स्वदेश फर्काउने बाताबरण सिर्जना गरियोस् ।

(२) भारतमा अलपत्र परेका नेपालीहरुलाई खान बस्नको हाल ब्यबस्थापन गरियोस् ।

(३) भारतमा रहेका नेपाली नागरिकको नाम लिस्ट को तथ्यांक संकलन गरियोस् ।

(४) केही विशेष बिरामी या दैनिकी औषधी सेवन गर्ने ब्यक्तिको पहिचान गरि सहयोग गर्ने बाताबरण निर्माण गरियोस् ।

(५) विभिन्न राज्यहरूमा अलपत्र परेका नेपाली नागरिकलाई सम्पर्कमा जोड्नको लागि नेपाली दूतावासमा कर्मचारी बढाईयोस् ।

(६) नेपाली दूतावासमा रहेको फोन बढी ब्यस्त भएको कारण नेपाली नागरिकहरुलाई सम्पर्क गर्न समस्या भएको हुँदा तत्काल टोल फ्रि नम्बरको ब्यवस्था गरियोस् ।

सुशील परियार
बंगलाचुलि गा.पा.६ बचेनी दाङ्ग
हालः उत्तरखण्ड देरादुन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार