लुधियानामा गत ४० दिनदेखि खानाको व्यवस्था 

लुधियाना । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण विगत करिव डेढ महिनादेखि लकडाउनमा वस्न विवश विभिन्न २० परिवारहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत अखिल भारत नेपाली विद्यार्थी संघ लुधियानाकी सचिव ललिता पोखरेल र मूल प्रवाहका नगर समितिका कार्यकार्ताहरुको पहलमा राहात स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
सो राहात स्वरुप चामल, आटा, घ्यू, तेल, नुन, बेसार, चिनी, चायपत्ती लगायतका खाद्यान्नमा वितरण गरिएको थियो । सो राहतका सामाग्रीहरु गौरव घाइले उपलब्ध गराएका थिए ।
राहात सामाग्री वितरण लागि लगातार रुपमा एडवोकेट ललिता पोखरेल, विशाल सिंह, नगर समितिका कार्यकर्ता गोविन्द शर्मा र गोविन्द परियार गत ४० दिनदेखि खटिइरहनु भएको छ ।
त्यसका साथै सोही प्रतिनिधि टोलीले करिब १०० जनलाई गत ४० दिनदेखि खानाको व्यवस्था मिलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार