राष्ट्रियताको आवाज उर्लदै छ

जुना चालिसे, चंडीगढ़

कथित वामपंथी भन्ने सरकार कठै अन्धो र वहिरो छ ।
देशभक्ति आन्दोलनमा देशभक्तहरुको राष्टवाद गहिरो छ ।।
दलालहरुलाई के थाहा, राष्टियताको आवाज उर्लदै छ ।
गल्लीवस्ती उठदै जुटदै छ देश वचाउन फेरी कुर्लदै छ ।।

पैसाले भुडि भर्न पल्केकाहरु, कुर्सी जोगाउन खोज्दै छन् ।
देश बचाउन खोज्ने देशभक्तहरुलाई थानामा कोच्दै छन् ।।
आमाको छाती चिरेर आमालाई नै खान लागे दुष्ट फेरी ।
पुलीसको गोली खाए पनि डराउदैनौ संघर्ष गर्न फेरी ।।

राष्ट्र बचाउनेलाई साथ नदिने निर्दयी प्रशासन कस्तो !
आफ्नै आमा बेचेर कुर्सी र पद वचाउने लाचार जस्तो ।।
कोरोना महामारीले विश्वलाई खैला बैला गराएको वेला ।
साम्राज्यवादको मेरो देशमा सीमा अतिक्रमणको खेला !

आँखा भरिएर आउँछ छाती चिरीन्छ मेरो पनि ।
एउटै आवाज हुनुपर्छ सबैको देश बचाऔं भनि ।।
देशका राष्ट्रघाती नेताले सत्तामा वसी देश खाँदैछन्।
राष्ट्रवादीहरु सड़क सदनवाट हुंकार्दै देश खोज्दैछन् ।।

देश अप्ठ्यारोमा पर्दा देशभक्तहरुले छाती थापेको छ ।
आफु मर्ने डर छैन सधैं देशलाई अगाडि सारेको छ ।।
संघीयताको विरुद्ध अविचलीत संघर्ष गरिरहेका छन् ।
राष्ट्रियता जोगाउने अभियानमा सड्कमै लडिरहेका छन् ।।

देख्छु मैले फेरी पनि देशभक्तको त जरै खनेका छन् ।
लिपुलेक र कालापानी निल्दा पनि आँखा चिम्लेका छन् ।
कालापानी, मानेभञ्ज्याङ्ग, सुस्ता अनि लिपुलेक रहँदैन कि शेष ।
धन्य हो ! राष्ट्र विचल्लीमा पर्दा कुर्सीमै टासीइरहने तिम्रो कुरुप भेष ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार