मूल प्रवाहद्वारा हैदरावादको विभिन्न स्थानमा राहत वितरण

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत राहत बितरण गर्ने कार्य जारी नै छ । मूल प्रवाहको क्षेत्रीय समितिको तर्फबाट कपिलवस्तु घर भएका हाल हैदराबाद को अमीरपीट एसआर नगरमा बस्दै आएका २ घर परिवारलाई केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव खिम बहादुर बिकको पहलकदमीमा राहत बितरण गरिएको छ ।

त्यसैगरी जुब्लीहिल्स बि एरिया समितिको पहलमा अध्यक्ष कर्ण बहादुर थापा, सचिब केदार शर्मा, सदस्य तुलबहादुर थापा, लिलाबहादुर थापा तथा क्षेत्रीय समितिका सदस्य सुर्यबहादुर पुनको नेतृत्व मा गुल्मी, बाग्लुङ र ओखलढुंगाका १५ घरपरिवारलाई राहत बितरण गरिएको छ ।

त्यस्तै बन्जराहिल्समा बिचल्लीमा परेका गुल्मी, तनहुँ र पर्वतका ५ घर परिवारलाई क्षेत्रीय सदस्य सुर्य बहादुर पुनको नेतृत्वमा जुब्लिहिस्स एरियाका धन बहादुर नेपाली, यम बहादुर थापा, भोजेन्द्र केसी, दिपक ढकाल, देवबहादुर गोटायको सहयोगमा खाद्यान्न सामग्री बितरण गरिएको छ ।

त्यस्तै पार्सिगुटामा ग्यास्को अभावमा खाना नपाएका गुल्मी सत्यवती गाउँपालिकाका ८ जना श्रमिकहरूलाई क्षेत्रीय समितिको तर्फबाट सचिब खिम बहादुर बिक र सदस्य रतन सिंह बिकले ग्यासको प्रबन्ध मिलाइ उद्दार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार