मूल प्रवाहद्वारा हैदरावादमा राहात वितरण

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत लकडाउन र कोरोनाको महामारीले गर्दा बिचल्लीमा परेका नेपालीहरुलाई राहत बिररण गर्ने कार्य जारी नै रहेको छ ।

यसै क्रममा जुब्लिहिल्स एरिया र गचिबाउलीमा जुब्लिहिल्स एरियाको पहल र सहयोग तथा क्षेत्रीय समितिका सुर्यबहादुर पुनको नेतृत्वमा तथा जुब्लिहिल्सका रामप्रसाद अधिकारी, पशुपति शर्मा, याम बहादुर थापा, प्रेम बिक, भोजेन्द्र केसी, देवबहादुर गोताय, प्रेम सुनार, आनन्द शर्मा, दिल बहादुर थापा, धन बहादुर नेपालीको पहलमा गुल्मी, बाग्लुङ, तनहुँ, लमजुङ, पाल्पा, धरान र रुपन्देहीका १८५ नेपाली श्रमिकहरुलाई खाद्य सामाग्रीहरु बितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार