मूल प्रवाहद्वारा रोहतकमा पाचौं चरणको राहात वितरण

रोहतक, १५ मई । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको महामारी र त्यसलाई रोकथामका लागि गरिको बन्दाबन्दीले सर्वसाधरणको साँझ विहानको छाक टार्न समेत समस्या परिरहेको छ । आफ्नो वतन जान पनि कुनै नसक्ने अवस्था र यथा स्थानमा रहन पनि त्यति नै कठिन छ । भन्नलाई त सजिलो छ सरकारले पटक पटक जहाँछौं त्यहीं बसौं तर भन्न जति सजिलो छ, तर दैनिक ज्याला मजदूरी गरी घरपरिवार धान्नेहरुका लागि कम्ती समस्या छैन ।

यसै क्रममा रोहतक हरियाणामा मेहनत मजदूरी गरि बसेका हाम्रा नेपाली श्रमिकहरूलाई परेको समस्याप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकका कार्यकर्ताहरूको स्वपहलमा ६५ घरपरिवारलाई खाद्यान्न स्वरुप राहात सामाग्री वितरण गरिएको छ ।

रोहतक नगर समितिले यसभन्दा पहिला पनि लगातार चौथो चरणसम्म राहात वितरण गरेको थियो, यो पाँचौं चरण हो । यसरी भारतको मूल प्रवाहले विभिन्न शहरमा न काम, न माम भएका नेपाली श्रमिकहरुलाई छिटो भन्दा छिटो नेपालमा भित्र्याउनु पर्ने माग नेपाल सरकार समक्ष लागार उठाउँदै आएको छ । मूल प्रवाहले आफ्नो स्वपहल, स्थानीय प्रशासन, स्थानीय संघ संस्थाहरु तथा विभिन्न व्यक्तित्वहरुसँग सहकार्य गर्दै नेपाली श्रमिकहरुलाई राहात प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार