जनताका र आफ्ना एउटै समस्या संझदै मूल प्रवाहका कार्यकर्ताहरु

कुलवहादुर वगाले/

जालन्धर । विश्व व्यापी रूपमा फैलिएको महामारी कोरोना भाईरस संक्रमणका कारण त्यसलाई रोकथामका लागि भारत सरकारद्वारा लगाइएको लकडाउन करिब ५१ दिन बितिसकेको छ । तर यो अवस्थामा भारतस्थित नेपालीहरुको अवस्था अत्यन्तै दयनीय एवं अलपत्र, बिचल्ली, असहाय बन्दै गएको छ । कैयौंको हृदय विदारक मृत्युवरण समेत भएको अवस्था देखिन थालेको छ ।

भारतस्थित विभिन्न संघ संस्थाहरुलेको द्वारा लगातार सक्पर्क र अनुनय विनय गर्दा पनि उक्त समस्या समाधान गर्न अहिलेसम्म नेपाल सरकारले वेवास्ता गरेको छ भन्नु अनावश्यक हुँदैन होला । यसरी हेर्दा भारतस्थित नेपालीहरुलाई नेपाल सरकारले आफ्ना नागरिक अस्वीकार गरेकै व्यावहारिक रुपबाट आभास मात्र होइन प्रत्यक्ष रूपमा देखापरिरहेको छ । यस अवस्थामा भारतस्थित नेपालीहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रदेखि टोलसम्मका कार्यकर्ताहरुले सक्रियता भने अविष्मरणीय छ । सम्पूर्ण स्तरका कार्यकर्ताहरुले आफ्नो संगठनको घोषणा पत्र र विधान तथा झण्डाको मातहतमा रहि सङ्गठनको दायित्वको साथै अभिभारा सम्झेर गत ५१ दिनदेखि निरन्तर अगाडि बढरिहेका छन् । सम्पूर्ण स्तरका कार्यकर्ता लगायत, विद्यार्थी, बाल सङ्गठन, महिला विभाग, जनजाति विभाग, समता विभाग, रक्तिम विभाग एवं मूल प्रवाहका शुभचिन्तकहरु समेतले आफ्नो स्वविवेकले संगठनलाई सहयोग र समर्थन गर्दै आएका छन् ।

आफ्नो स्वयं आत्मविश्वास, सक्षम र दक्षताको परिचय गराउँदै कठिन परिस्थिति र चुनौतीपूर्ण परिस्थितिहरुलाई स्वीकार्दै मूल प्रवाहका कार्यकर्ताहरु अगाडि बढिरहेका छन् । भारतभरी हरेक कुना कुनामा अलपत्र पर्नुभएका नेपाली श्रमजिवीहरुलाई आफु सक्दो सहयोग तथा राहात पुर्याउने लक्ष्यलाई प्रतिबद्धता अगाडि बढिरहेका छन् ।

आर्थिक र खाद्यान्न समाग्री होस् वा भौतिक रुपले प्रत्यक्ष सहभागी भइ सहयोग भारतका विभिन्न स्थानहरुमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई सहयोग गर्नु मूल प्रवाह कार्यकर्ताहरुले यतिवेला आफ्नो मेन स्ट्रीम नै बनाएका छन् ।

निश्चित उद्देश्यसम्म पुर्याउनका लागि व्यापक दृष्टि, अवलोकन र सङ्गठनले दिएको जिम्मेवारिप्रति दायित्वबोध रूपमा अग्रसर हुँदै निरन्तर अथक परिश्रमका साथ अनुशासित र सौहार्दरुपमा मूल प्रवाहका नेता कार्यकर्ताहरु अगाडि बढिरहेका छन् । सम्पूर्ण तह र तप्काकाबाट सहयोग र योगदानको भूमीका खेल्दै आएका सम्पूर्ण समितिहरुले आउँदाका दिनहरुमा अझ बिकराल स्थिति आएमा पनि अभैm सशक्त पूर्वक लाग्नु पर्नेमा प्रतिवद्ध छन् । यतिवेला भारत प्रवासमा कतिपय असमाजिक तत्वहरुले मूल प्रवाहलाई वद्नाम गर्ने कोशिस गरेता पनि आम नेपाली जनसमुदायले आफ्नो अभिभावकको रुपमा बुझेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार