मूल प्रवाहद्वारा हैदरावादमा राहात वितरण

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत बिपत्तिमा परेका नेपालीहरुलाई राहत बितरण गर्ने काम निरन्तर चलिरहेको छ ।

हैदरावाद मध्य नगर समिति अन्तर्गत सेकेन्दराबाद बि एरिया समितिको सक्रियतामा क्षेत्रीय सदस्य तिलक रानाको नेतृत्व र सल्लाहकार बिकास परियार, महिला क्षेत्रीय बिभाग कि गोमा राना, मध्य नगरका कोषाध्यक्ष राजु दुलाल, नगर समितिका चन्द्रा परियार र भुपाल परियारको पहलमा पिकेट, कारखाना र प्याट्नीमा रहेका १३० घर परिवार जो प्युठान, तनहुँ, गोर्खा र दार्जिलिङका थिएलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

उक्त राहतका लागि इटहरी उपमहानगर पालिका, सुनसरी निबासी तथा सोमाजिगुडा हैदराबादमा कार्यरत समाव सेबी बिकास राइबाट रु. १५ हजार र जैमिनी नगरपालिका बाग्लुङ निबासी हाल सन्सिटी हैदराबादमा कार्यरत रक्तिमकी पुर्ब कलाकार प्रतिमा कुमारी रानाबाट रु. ३ हजार र सहयोग गर्नु भएको थियो ।

त्यसैगरी उत्तर नगर समिति अन्तर्गत पर्ने लिङम्पल्ली र रामचन्द्रपुरममा रहेका मोरङ, धरान, पोखरा र पाल्पाका ९ जना नेपाली श्रमिकहरुलाई क्षेत्रीय सदस्य सुर्य बहादुर पुनको नेतृत्वमा जुब्लिहिल्सका धन बहादुर नेपाली र देव बहादुर गोटायको पहलमा राहत स्वरुप खाद्यान्न बितरण गरिएको छ । त्यस्तै सिद्दीकी नगर गचिबाउलीमा कार्यरत बरेङ गाउँपालिका बाग्लुङका ३ जना, माधापुरमा कार्यरत शान्तिपुर गुल्मिका ८ जनालाई पनि सुर्य पुनकै नेतृत्वमा धनबहादुर नेपाली र देवबहादुर गोटायको पहलमा राहत सामग्री उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार