सरकारको “समाजवाद” शब्दमा मात्रै सिमित : सांसद पौडेल

संघीयता खारेज गरौं, कोरोना कोषमा बजेट खर्च गरौं

काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सरकारको नीति तथा कार्यक्रममा उल्लेख समाजवाद शब्दमा मात्रै सिमित रहेको बताउनु भएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले राष्ट्रपतिबाट प्रस्तुत भएको नीति तथा कार्यक्रममा समाजदवाद उन्मुख भनिएपनि त्यस्तो कुनै कार्यक्रम नल्याईको बताउनुभयो ।

सांसद पौडेलले संघीयता खारेजीको लागि आफूले संशोधन प्रस्ताव राखेको जानकारी दिँदै प्रादेशिक संरचनामा भएको अनावश्वयक फजुल खर्च कोभिढ–१९ ले सिर्जना गरेको समस्या समाधान र विकास निर्माणको काममा लगाउन आग्रह गर्नुभयो ।

‘क्रान्तिकारी भूमिसुधार लागू गरी हदभन्दा बढी जमिन विना मुआब्जा अधिग्रहण गर्नुपर्छ र भूमिहीन किसानलाई वितरण गर्नुपर्छ’ पौडेलले भन्नुभयो, ‘यति कार्यक्रम मात्रै ल्याएको भएपनि सरकार केही हदसम्म समाजवाद उन्मुख भएको मान्न सकिन्थ्यो ।’

नीति तथा कार्यक्रममा यसबारेमा आफूले संशोधन प्रस्ताव राखेको जानकारी दिँदै पौडेलले किसानलाई जमिनको मालिक बनाउनुपर्ने बताउनुभयो ।

यस्तै, सांसदले खर्च गर्ने पूवार्धार विकास कोषको रकमलाई कोरोना नियन्त्रण कोषमा राख्न र विदेशबाट फर्कने युवाहरुलाई रोजगारको व्यव्सथा मिलाउन माग गर्नुभयो ।

यस्तै, स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आग्रह गर्नुभयो । विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

लिपुलेकलगायत अतिक्रमित भूमि फिर्ताका लागि तत्काल अन्तर्राष्ट्रियकरण गर्न पनि पौडेलले माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार