मूल प्रवाहद्वारा चेन्नई उत्तरमा राहात वितरण

चेन्नई, १७ मई। मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले २ हजार नगद सहित ५० केजी चामल र दर्जनौ खाद्यान्न बस्तु राहत स्वरूप बितरण गरेको छ ।

बागलुङ जैमिनी नगरपालिका ७ जना जो चेन्नईको माउण्टरोडमा बस्दै आएका थिए । लकडाउनका कारण रोजगार गुमाउनुका साथसाथै गोपाल परिवारको दुवै मिरगौलाको हप्तामा दुई पटक डाइलेशिस गर्नु पर्ने वाध्यता भएता पनि आर्थिक अभावसँग जुझदै आएका उनीहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिले ५० केजी चामल ४ लिटर तेल, ३ केजी दाल, ३ केजी टमाटर २ केजी प्याज र मरमसला लगायेतका खाद्यान्न सामाग्री राहत स्वरूप प्रदान गरेको छ । त्यसका साथै डायलिसिसको लागि रू २ हजार नगद सहयोग गरिएको छ ।

सो अवसरमा चेन्नई उत्तर नगर अध्यक्ष उमानन्द शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य ज्योतिनारायण सुवेदी, चेन्नई उत्तर नगर सदस्य तिलक बिक, नगर महिला सदस्य गिता पौडेल र माउन्ट रोड एरिया सदस्य श्रीराम शर्माको उपस्थितिमा हस्तान्तरण गरिएको थियोे ।

उत्तर नगर सदस्य तिलकराम शर्माले ३० केजी चामल, १ लिटर तेल, दक्षिण नगर अध्यक्ष लोकेन्द्र पौडेलले २० केजी चामल, २ लिटर तेल सहयोग गर्नु भएको थियो । त्यस्तै नारायण शर्मा मैलापुर, उजेला परिवर गोपाल पुरमबाट क्रमश रु. ५–५ सय नगद नगर समितमा राहात स्वरुप उपलब्ध गराउनु भएको थियो । डाइलेसिसको लागि रु. २ हजार लाग्ने भएको हँुदा समितिबाट रू. १ हजार गरी रू. २ हजार नगद सहयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार