नराम्रा मध्यका राम्रा

प्रेम गायक (बाग्लुङ)

गित गाउन नजान्नेको भिडमा
अलि अलि गाउने कलाकार भय जस्तै।
निर्वलियाको माझमा
हल्का बलियोले तहल्का मच्याय जस्तै।

मद्रासी भैयाहरुको बिचमा
हामी काला नेपाली गोरा भय जस्तै।
नाच्न नजान्नेको बिचमा
घुम्न जान्नेले पनि स्यावासी पाय जस्तै।

दुईजनाको दौड्मा
दोस्रो भय जस्तै।
होचाहरुको बिचमा
अग्लो देखिए जस्तै।

उनि पनि त्यस्तै नै हुन
नराम्रा मध्यका राम्रा ।
पैला उनि जोभय पनी
ऐले भने हाम्रा।

यस अर्थ उनि हाम्रा हुन
घर मुलि पनि उनैछन।
जो सुकैले जे भनेनि
अरु भन्दा त बिसेक छन

नराम्रा मध्यका राम्रा हुन उनि
राम्रा नै त हैनन।
कैले टेक्छन दरो सॅग
कैले चाहिं टेक्दैनन।

टेकेछन भने दरो सॅग
टेकाउन जोड्दिउंला।
भिर खोजे भने गाईले जस्तै
राम भनि छोड्दिउंला।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार