दमनमा मूल प्रवाहद्वारा राहात विरतण

दमन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने दमनान राशनको अभावमा रहेका नेपाली श्रमिक परिवारलाई भोकको सामना गर्नु परेन । उनीहरुका लागि पश्चिम भारत क्षेत्रीय समितिका बरिष्ठ सल्लाकार पवन गुरुङ्गले कैयौं पटक राहात प्रदान गर्नुभएको छ ।

गुरुङले प्रथममा कोस्तल एरिया दमनमा ६० परिवारलाई ६० कीट, दोस्रो पटक पञ्चाल दमन एरिया १० परिवारलाई १० कीट, तेस्रो पटक देउका एरिया दमनमा ४० परिवारलाई ४० कीट र चौथो पटक पञ्चाल एरिया दमनमा १० किट राहात प्रदान गर्नुभएको हो ।

१९ मे २०२० मा कोषटल एरिया दमनमा २० परिवारलाई २० कीट डोरिकडया दमनमा १४ परिवारलाई १४ कीट, सिलवर होटेल दमनमा ६ कीट राहात बितरण गर्नु भएको छ । किट प्राप्त वालाको जानाकारी अनुसार प्रतिकीट बराबर रु १२ सयको भएको दमन नगर अध्यक्ष शेर बहादुर बिकले जानकारी दिनु भयो ।

त्यसका साथै शेर बहादुर विकले नेपाली श्रमिकहरुलाई खानाका लागि कहाँ कहाँ समस्या छ भन्ने बारे डाटा संकलन गरि क्षेत्रीय समितिमा दिए पछि पवन गुरुङले उल्लेखित स्थानहरुमा राहात वितरण गर्नुभएको हो । राहात प्रदान गर्नका लागि गुरुङकी दिदी पुनम गुरुङ्गले सहयोग पुर्याउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार