हैदरावादमा मूल प्रवाहद्वारा राहात वितरण

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत मध्य नगर समिति भित्र कुशाइगुडा एरियामा बिपत्तिमा परेका नेपाली ५५ जना नेपाली श्रमिकहरुलाई क्षेत्रीय सदस्य तथा नगर सचिव तिलक रानाको नेतृत्वमा नगर कोषाध्यक्ष राजु दुलाल, चन्द्र केसी, कर्ण बहादुर बिक, सोम बहादुर आले, रामबहादुर आले, सृजना केसी र मिना गुरुङले राहत बितरण गर्नु भएको छ।

त्यसैगरी उत्तर नगर समिति अन्तर्गत बहादुर पल्लीमा रहेका प्युठानका २ जना श्रमिकहरुलाई क्षेत्रीय सदस्य घनश्याम शर्मा र सुर्य बहादुर थापाले राहत बितरण गर्नुभएको छ ।

त्यस्तै लिङम्पल्लीमा रहेका तनहुँका एक परिवारलाई नगर समितिका सदस्य बिन बहादुर नेपाली र सन्तोष गिरीले राहत प्रदान गर्नु भएको छ ।

त्यसैगरि नगर समिति दक्षिण हैदराबाद अन्तर्गत ह्यात नगर र इब्राहिम पट्नममा रहेका प्युठान र कंचनपुरका १८ जना नेपाली श्रमिकहरुलाई क्षेत्रीय सदस्य तथा दक्षिण नगर अध्यक्ष बिर बहादुर बिक, उपाध्यक्ष गिर बहादुर कार्की, सचिब भुपाल ठाडा मगरले राहत बितरण गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार