मूल प्रवाहको पहलमा राजस्थानबाट नेपाली मजदुरहरुको उद्धार

श्रीगंगानगर । कोरोना वाइरसको महामारीको विश्वव्यापी संक्रमण र त्यसको रोकथामको लागि सरकारद्वारा देशव्यापी रुपमा लगाएको लकडाउनका कारण रोजगार गुमाई अलपत्र अवस्थामा पुगेका नेपाली मजदुरहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिको पहल तथा स्थानीय प्रशासनको सहयोगमा उद्धार गरिएको छ ।

उनीहरुलाई प्रथम चरणमा राहात वितरण गरि शान्त्वना दिएर संरक्षणको भुमिका निर्वाह गरिरहेको मूल प्रवाह श्रीगंगानगरले आम जनसाधारणलाई स्वदेशमा सम्बन्धित गाउँपालीकाहरुका जनप्रतिनिधिहरुसँग सामनजस्यता गरि स्थानीय प्रशासन समेतको सहयोगमा स्वदेश पठाउने काम गरिएको हो ।

केन्द्रीय सदस्य कृष्ण जिसी र केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव त्रिभुवन भट्टराईको पहल तथा नगर अध्यक्ष गिरु प्रसाद न्यौंपाने, सचिव वसन्त भण्डारी, हुकुम जिसी, रेशम भण्डारी, हरि न्यौंपाने, हुकुम बहादुर विक, वम बहादुर विष्ट लगायत नगर समितिका कार्यकर्ताहरुको सक्रियतामा १९८ जना नेपाली श्रमिकहरुलाई मेडिकल चेकअप गरि ५ वटा वसहरु मार्फत स्वदेश पठाइएको हो ।

यसरी पठाइएका श्रमिकहरु जिल्ला प्युठानको, प्युठान नगरपालिका, नौवहिनी गाउँपालीका, झिमरुक गाउँपालीका, ऐरावती गाउँपालीका, मल्लरानी गाउँपालीका, त्यस्तै दाङ्ग जिल्लाका तुल्सीपुर उपमहा नगरपालीका, लमही नगरपालीका, राप्ती गाउँपालीका र अर्घाखाँचीका समेत केही जनालाई देशभित्र नै करोन्टाइनमा बस्ने गरि नेपालबाट स्थानीय जनप्रतिनिधिहरु मार्फत पालीकाहरुमा पठाइएको जानकारी क्षेत्रीय सचिव त्रिभुवन भट्टराईले दिनुभएको छ ।

एउटा सामाजिक संगठनले सधै विकट र विषम परिस्थितिमा जनताको समसामयिक समस्याहरुलार्ई आफ्नै परिवारको समस्या भन्ने स्वतः महाशुस गर्दै उनीहरुको पक्षमा असली अभिभावकको रुपमा उभिएको हुन्छ । त्यसैले नै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आज भारतस्थित नेपालीहरुको विचमा आँखाको नानी सरह प्यारो छ । आशा तथा विश्वासको पात्र बनिरहेको छ । मूल प्रवाह श्रीगंगानगरको पहलमा स्थानीय राजस्थानका कलेक्टर, डिटिओ, पत्रकारहरु तथा प्रशासनिक अधिकारीहरुको खाना तथा पानीको व्यवस्था मिलाउने कार्यलार्ई मूल प्रवाह श्रीगंगानगरले आभार सहित धन्यवाद दिएको थियो ।

यसरी मूल प्रवाहको उपरोक्त कार्यदेखि स्थानीय कार्यकर्ता समर्थक शुभचिन्तकहरुमा मूल प्रवाहको संगठनप्रति अझ गाढ़ा र दृढ विश्वास बढने र मूल प्रवाहको संगठन जनताको विचमा झनै झागिंदै जाने तर्क नगर अध्यक्ष गिरु प्रसाद न्यौंपानेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार