मूल प्रवाहको पहलमा मनालीबाट १५७ नेपाली श्रमिकहरुलाई स्वदेश पुर्याइयो

मनाली । कोरोना भाइरस र त्यसको रोकथामको लागि सरकारद्वारा देशव्यापी रुपमा लगाएको लकडाउनका कारण रोजगार गुमाई पछि जीवन धान्न आहाल काहाल परेका १५७ जना नेपाली श्रमिकहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मनाली नगर समितिको पहल र स्थानीय प्रशासनको सहयोगमा स्वदेश पुर्याइएको छ ।
नगर समितिका अध्यक्ष साइला लामा र कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही बीच टेलीफोन वार्ता पछि शाहीले सीमानामा आई उक्त नेपाली मजदुरहरुलाई रिसिव गरि स्थानीय क्वारेन्टाइन गर्ने सहमति भए पछि मात्रै मूल प्रवाह मनाली नगर समितिले स्थानीय प्रशासनको सहयोगमा सो उद्धार कार्य गरेको हो । पहिलो दिन स्वास्थ्य परिक्षण गरि ३ वसमा १२४ र शनिबार पुनः ३३ जनालाई स्वदेश पठाइएको साइला लामाले हामीलाई जानकारी दिनुभएको छ ।
मूल प्रवाह मनाली नगर समितिले आफूहरुलाई सहयोग पुर्याएकोमा जिल्लाका एसडिएम, डिटिओ, पत्रकारहरु तथा प्रशासनिक अधिकारीहरुलाई सहित धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार