भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली

करनाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति करनालका सहसचिव बिष्णु प्रसाद भण्डारी दुःखद निधन भएको छ । वहाँको १२ मई २०२० का दिन करनालमा निधन भएको पारिवारिक श्रोतले जनाएको हो ।

धुर्कोट गाउँपालिका ६ गुल्मी निवासी राधा कृष्ण भण्डारीका ५३ वर्षीय छोरा विष्णु भण्डारी हाल परिवार सहित हरियाणाको करनालमा रहँदै आउनु भएको थियो । वहाँका परिवारमा श्रीमति, छोरा–बुहारी, छोरी–ज्वाइँ, नाति–नातिनी छन् ।

वहाँ लामो समयदेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति करनालमा विभिन्न पदमा रहि सांगठनिक जिम्मा निर्वाह गर्दै आउनु भएको थियो ।

मृतकप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको तर्फदेखि अध्यक्ष दुर्गा बहादुर केसीले हार्दिक श्रद्धान्जली प्रकट गर्नुका साथै मृतकका परिवारप्रति धैर्यधारण र गहिरो समवेदना प्रकट गर्नुभएको छ । साथै बिष्णु प्रसाद भण्डारीको निधनले संगठनलाई अपूरणीर्य क्षति पूगेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार