मूल प्रवाहद्वारा हैदारावाद उत्तरमा राहात वितरण

उत्तर हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत उत्तर हैदरावाद नगर समिति भित्र मुसुर्बण्डा, कोन्डापुरमा रहेका शिसनीयाँ गाउँपालिका ७ दाङ निबासी चौधरी परिबार, रोल्पा निबासी मोहन जिएम, गैंडाकोट नबलपुर निबासी केही श्रमिकहरुलाई राहात वितरण गरिएको थियो ।

त्यस्तै गचिबाउलीमा कार्यरत झापा निबासी एक जनालाई सुर्य बहादुर पुन, देव बहादुर गोटाय, दिपक ढकाल लगायतले राहत बितरण गर्नु भएको थियो ।

त्यसैगरि मध्य नगर समिति भित्र सेकेन्दराबाद ए एरिया भित्र ताड्बन्द, प्रकाश नगर, भगबन्तपुरमा रहेका गुल्मी, बाग्लुङ र तनहुँ निवासी १७ घर परिबारलाई थम्मन बस्नेत, गङा कडायत, प्रमिला बसेल, सबिता पौडेल, भिम बहादुर नेपाली र सपना क्षेत्रीको सहभागीतामा राहत बितरण गरिएको छ ।

त्यसैगरि कुकट्पल्लीमा जैमिनी नगरपालिका बाग्लुङका पौडेल परिवारलाई खाद्यान्न सहित ग्यास अनि रु. ६०० नगद सहित केन्द्रीय सदस्य रामप्रसाद आचार्य, खैसरा थापा र लीला देवि शर्माको सहभागीतामा बितरण गरिएको छ ।

त्यस्तै अमीर पेट र यस आर नगरमा रहेका कपिलवस्तु र रुपन्देहीका ११ जना घर परिबारलाई सुर्य पुन, देवबहादुर गोटाय र साथीहरूको सहभागीतामा खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार