मूल प्रवाहद्वारा इलाहावादमा दोश्रो चरणको राहत सामग्री वितरण

इलाहावाद, २६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रयागराज इलाहाबाद) नगर समिति द्वारा दोश्रो चरणको राहत सामग्री वितरण गरिएको छ ।

वैश्विक महामारीको रुपमा फैलिरहेको कोरोना वायरस (कोविड (१९) को संक्रमण र त्यसलाई रोकथामको लागि लगायको लाकडाउन समय जति बढ़ी रहेको छ, त्यती नै श्रमिकहरुमा समस्या उत्पन्न हुँदै गइरहेको छ ।

त्यसमा पनि खास गरी नेपाली श्रमिकहरु यतीबेला होटल कैटरिंग लगायत क्षेत्रमा काम गर्नेहरुको जीवन अपठारों बन्दै गईरहेको छ । यो परिस्थितिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रयागराज (इलाहाबाद) नगर समितिले दोसरो चरणको राहत सामग्री वितरण गरेको छ ।

लक्ष्मी प्रसाद ज्ञवाली, विष्णु प्रसाद पोखरेल, भवानी प्रसाद शर्मा, मोहन प्रसाद खनालको उपस्थिति तथा पहलमा सो राहात वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार