मूल प्रवाहको पहलमा सरकारी भाडा दर मै सीमासम्म पुर्याउने तयारी, कैयौं पुगिसके

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार र रोहतकको आ–आफ्नो पहलमा हरियाणाको विभिन्न स्थानहरुमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई सरकारी भाडा मै स्वदेश पुर्याउने तयारी भइरहेको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार मूल प्रवाहको स्थानीय समितिहरुको पहलमा हरियाणा रोडवेजको माध्यमबाट सरकारी भाडा दरमा नै नेपालीहरुलाई भारत–नेपाल सीमानासम्म पुर्याउने तयारी पुरा भएको छ ।

भोली बुधबार २७ मई २०२० का दिन हिसारबाट १४६ जना स्वदेश जान लागेको हामीलाई नगर समितिका सचिव तारा सोमरेले जानकारी दिनुभएको छ । सोमरेको अनुसार १४६ जना कै सरकारी अस्पतालबाट मेडिकल परिक्षण गरि सकिएको छ । उनीहरुलाई सामाजिक दूरी कायम राख्दै ४ वटा वसमा यात्रा गराइने छ । यात्रीहरुमा अर्घाखाँची, पाल्पा, स्याङजा र प्यूठानका श्रमिकहरु रहेको सोमरेले बताउनु भयो ।

उनीहरुलाई सीमानामा आ–आफ्ना स्थानीय निकायहरुले रिसिव गर्ने र क्वारेन्टाइनमा राखिने व्यवस्था भएको समेत सोमरेले हामीलाई जानकारी दिनुभएको छ ।

रोहतक,

त्यस्तै रोहतकबाट पनि भोली बुधबार २७ मई २०२० का दिन नै सीमानासम्म हरियाणा रोडवेजको माध्यमबाट भारत–नेपाल बोर्डरसम्म नेपाली श्रमिकहरुलाई लैजाने तयारी रहेको नगर अध्यक्ष रेशम विक र नगर समितिका शुभाष गौतमले जानकारी दिनुभएको छ । “आज सांझसम्म स्वस्थ्य परिक्षण पुरा गरिने छ, भोली बस छुटाउने तयारीमा छौं” रेशम विकले भन्नु भयो । विकका अनुसार कपिलवस्तु, प्यूठान र अर्घाखाँचीका श्रमिकहरु स्वदेश जाँदै छन् । उनीहरुलाई बढ्नी बोर्डरबाट स्थानीय निकायले रिसिव गरि क्वारेन्टाइनमा राख्ने छ ।

श्रीगंगानगर,
त्यस्तै राजस्थानको श्रीगंगानगरबाट ५ जुन २०२० का दिन राजस्थान रोडवेजका ४ बसमा करिब १६० जनालाई मूल प्रवाह नगर समिति श्रीगंगानगरको पहलमा भारत–नेपाल बोर्डरसम्म पुर्याउने तयारी रहेको त्रीभूवन भट्टराईले हामीलाई जानकारी दिनुभएको छ । भट्टराईका अनुसार उनीहरु प्यूठान र दाङ जिल्लाका बासिन्दा हुन् । उनीहरुलाई बढ्नी बोर्डरबाट स्थानीय निकायले रिसिव गरि क्वारेन्टाइनमा राख्ने छ ।

हिमाचल मण्डी,

त्यस्तै हिमाचलको मण्डीमा २ महिनादेखि लकडाउनका कारण रोजगार गुमाई अलपत्र परेका २२ जना नेपाली श्रमिकहरुलाई आज २६ मईका दिन स्वदेश पठाइएको छ । उनीहरुलाई स्वदेश पठाउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कागजात मिलाउने देखि लिएर प्रशासनसँग डिल गर्ने बारे सहयोग गरेको थियो । विभिन्न निकायहरुका धक्का खाँदै हिंडेका विष्णु आचार्यले हामीलाई फोन सम्पर्क गरि आवश्यक सहयोग मागेका थिए । उनीहरुलाई प्रशासनसँग डिल गर्न आवश्य पर्ने सबै कागजात समेत पुरा गराई रुपडिया बोर्डरसम्म पुग्ने बाताबरण मिलाइएको हो । उनीहरु सबै दैलेख निवासी हुन् । आफूहरुलाई रुपडिया बोर्डरबाट स्थानीय निकायले रिसिव गरि क्वारेन्टाइनमा राख्ने तयारी भएको विष्णु आचार्यले हामीलाई जानकारी दिए ।

स्मरण रहोस् यस अघि मूल प्रवाहका नगर समितिहरु राजस्थानको श्रीगंगानगर, विकानेर, मध्य प्रदेशको भोपाल, इन्दोर र हिमाचलको मनालीबाट करिब ५०० जना नेपाली श्रमिकहरुलाई सीमानासम्म पुग्नलाई पास व्यवस्थापन, स्वास्थ्य परिक्षण र यातायातको व्यवस्थाका लागि नगर समितिका कार्यकर्ताहरुले सहयोग गरिसक्नु भएको छ ।

वैश्विक रुपमा फैलिएको कोरोना संक्रमण र त्यसलाई रोकथाम गर्नका लागि लगाइएको लकडाउनका कारण रोजगारी गुमाई अलपत्र परेका नेपालीहरुका समस्यालाई नै कमाइको माध्यम बनाउँदै विभिन्न बस व्यवसायीहरुले चर्को भाडा अशुली गरिरहेका छन् । रोजगारी पनि नहुनु र वस व्यवसायीहरुको चर्को भाडादरको मारका कारण स्वदेश फर्कन समेत नसक्ने अवस्थामा पुगेका श्रमजिवी नेपालीहरुलाई सस्तो र सुलभ भाडामा स्वदेश पुग्ने बाताबरण मिलाउन मूल प्रवाहका विभिन्न नगर समितिहरुको स्वपहलमा सो कार्य गरिएको हो । मूल प्रवाहका स्थानीय कार्यकर्ताहरुको यो कार्यलाई श्रमजिवी नेपालीहरुले धन्यवाद प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार