रुकुम घटनामा संलग्नलाई कारबाही गर्न मसालको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले रुकुममा दलित समूदायका युवाहरुमाथि भएको आक्रमण र हत्यामा संलग्न व्यक्तिहरुमाथि कारबाही गर्न माग गरेको छ ।

‘आजको युगमा जातीय भेदभावका आधारमा विवाह वा प्रेम स्वतन्त्रताबाट बञ्चित गर्दै हत्या समेतका घटनाहरू घटाउनु संविधान, कानुन र मानव अधिकारका दृष्टिले समेत जघन्य अपराध हो’ प्रवक्ता रामप्रकाश पुरीले मंगलबार एक वक्तव्य जारी गर्दै भन्नुभएको छ, ‘हामीले त्यो दुःखद घटनाका लागि जिम्मेवारहरूको कडा शब्दमा भ्रत्र्सना गर्दै उक्त घटनाको उचित छानवीन गरी दोषीहरूलाई कारवाहीका दायरामा ल्याएर दण्डित गर्नका लागि हामी सरकारसित माग गर्दछौँ ।’

वक्तव्यमा भनिएको छः

‘जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका युवक नवराज वि.क र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीकी मल्ल थरकी युवती केही समय अगाडिदेखि प्रेम सम्बन्धमा रहेका थिए भन्ने समाचार सार्वजनिक भएका छन् ।

त्यस सिलसिलामा केटीलाई लिनका लागि दुलाह सहितका व्यक्तिहरू माइती पक्षको घरमा गएको बेलामा माइती पक्षबाट आक्रमण भई दुलाहसहित अन्य २ जना व्यक्तिहरूको मृत्य भएको र केही व्यक्तिहरू अँझै पनि वेपत्ता अवस्थामा रहेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ । उक्त घटना जातीय विभेदसित सम्बन्धित रहेको कुरा स्पष्ट छ ।

नेपालको संविधान र कानुनले जातीयताका आधारमा विभेदकारी व्यवहार गर्ने कुरालाई वर्जित गरेको छ । त्यसरी अन्तरजातीय विवाह गर्न पाउने स्वतन्त्रतालाई संविधान र कानुनले नै दिएको अवस्थामा त्यसलाई चुनौति दिंदै रुकुम पश्चिममा त्यो घटना भएको छ ।

आजको युगमा जातीय भेदभावका आधारमा विवाह वा प्रेम स्वतन्त्रताबाट बञ्चित गर्दै हत्या समेतका घटनाहरू घटाउनु संविधान, कानुन र मानव अधिकारका दृष्टिले समेत जघन्य अपराध हो । हामीले त्यो दुःखद घटनाका लागि जिम्मेवारहरूको कडा शब्दमा भ्रत्र्सना गर्दै उक्त घटनाको उचित छानवीन गरी दोषीहरूलाई कारवाहीका दायरामा ल्याएर दण्डित गर्नका लागि हामी सरकारसित माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार