“दलित हुनु पाप भयो ?”

जुना चालिसे,

दलित हुनु पाप भयो, माया गर्नु सराप भयो ।
निर्दोष ती छोराछोरीको अकालमै ज्यान गयो ।।
पुर्खौदेखि दबाएर जातिपाति अलग गरे ।
माया गर्नु पाप थियो र अनायास हत्या गरे ।।

कहिले आगो लगाइ मार्ने कहिले घाँटी रेटेका छन् ।
दलित कै नाममा हत्या हिंसा झन् वढेका छन् ।।
यस्ता ठूला जघन्य अपराध गर्ने अपराधिलाई ।
कडा सजाए दिनु पर्छ सशक्त कानुन बनाइ ।।

अछुत भनि सधै कति हेप्यौ हेप्छौ हदैसम्म ।
श्रम चल्ने सिप चल्ने मानव जीवन रहेसम्म ।।
अन्धकारको भुमरीलाई चिर्दै अब अघि बढ ।
उठ अब दलित जाति चर्को दमन विरुद्ध बढ ।।

संगठित हुनुपर्यो बल्झीएर होईन अब हामी ।
चेतनाको बिगुल फुक्दै आउनु पर्छ हामी ।।
हाम्ले पुज्ने मन्दिरमा पसिना दलित कै बग्छ ।
काम पुरा भएपछि त्यो मन्दिर प्रवेशमा रोक्छ ।।

सुनपानीले चोखाउने रे कस्तो हाम्रो संस्कार ।
सुनारलाई बाहिर राखि सुनपानी छर्ने संस्कार ।।
हँसिया बनाउने, लुगा सिउने सबै दलित भए ।
जात–पात छुवाछुतका सामन्ती संस्कार भए ।।

दलित मुक्ती आन्दोलनमा वर्गसंघर्ष जोड ।
यो संरचना बदलेर ब्राम्हणवादी विचार छोड़ ।।
संसारमा प्रगतिशील विचारलाई बढाउ अघि ।
रुढिवादी कु–संस्कार विरुद्ध बढदै जाउ अघि ।।

वर्ग विहिन, जाति विहीन समाज एकदिन बन्छ ।
संघर्षको उद्घोष गर हाम्रो विचार भन्छ ।।
वाहुन होइन, व्राम्हणवादी संस्कारलाई हटाउ ।
असमानता र शोषणका जालाहरुलाई हटाउ ।।

जुना चालिसे,

मालिका
गाउँपालिका –६ अर्जै
हाल भारत चंडीगढ़

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार