सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।

आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले जानकारी दिए ।

हेर्नुहोस् पूर्णपाठ :

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2020/05/बजेट_वक्तव्य_२०७७_website.pdf”]

बजेटमा साना व्यवसायीलाई राहत : आयकर र भन्सार महसुलमा भारी छुट

कोरोना राहत प्याकेज : उद्योगी–कामदारलाई के दियो बजेटले ?

https://drive.google.com/file/d/1e_oJaARkavWReKn_HURB02nTqAFQXZx1/view

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार