मूल प्रवाहको पहलमा राजस्थान हनुमानगढबाट स्वदेश नेपालीहरु फर्किए

हनुमानगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हनुमानगढ नगर समितिका अध्यक्ष मोहन रसाली र केसब केसी र यामलाल भण्डारीको सकृय पहलमा नेपाली श्रमिकहरुलाई उद्दार गरिएको छ ।

जसमा झिम्रुक गाउँपालीकाका २३ जना नौबहिनीका १३ र दाङका ४ जना गरि ४० जनालाई स्वदेश पठाइएको हो । उनीहरु जेठ १७, २०७७ (३० मई २०२०) बिहान कृष्णनगर बोर्डरमा पुग्दै छन् । उनीहरुलाई सम्बन्धित स्थानीय निकायहरुले बोर्डरबाट उद्दार गरि क्वारेन्टाइनमा राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार