दिल्ली–एनसीआरमा ४.६ रिक्टर स्केलको भूकम्प

नयाँ दिल्ली । शुक्रबार सांझ भारतको राजधानी र राष्ट्रिय राजधानी क्षेत्र नजिकका क्षेत्रमा भूइचालोको महशुस गरिएको छ । रिक्टर स्केलमा भूइचालोको तिब्रता ४.६ भएको बताइएको छ ।

भूचालोको झट्काको महशुस गरि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । राष्ट्रिय राजधानी क्षेत्र नोएडा, गाजियावाद, गुरुग्राममा भूइचालोको अनुभव गरिएको थियो । हरियाणा र पञ्जाबमा पनि भूइचालोको अनुभव गरिएको थियो ।

भूइचालोको केन्द्र हरियाणाको रोहतक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार