मूल प्रवाहको पहलमा हरियाणा रोहतकबाट ५२ जनालाई निशुल्क स्वदेश पठाइयो

रोहतक । वैश्विक महामारीको रुपमा फैलिएको कोरोना संक्रमण सँगै लगाइएको लकडाउनका कारण रोजगार गुमाई अलपत्र परेको ५२ जना नेपाली श्रमिकहरुलाई मूल पवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगरि समितिको पहलमा निःशुल्क स्वदेश पठाइएको छ ।

उनीहरुलाई २९ मई २०२० का दिन रोहतकदेखि हरियाणा रोडवेजको मार्फत बढनी कृष्णानगर बोर्डरसम्म २ ओटा वसमा पठाइएको हो । सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य परिक्षण स्वदेश पठाउन नगर समितिका सुभाष गौतम, रेशम विक, मोहनसिंह विक, गणेश शर्मा, धर्म सुनार सहितको टोलीले निरन्तर प्रयास गर्नुभएको थियो ।

ति ५२ जना श्रमिकहरुलाई कृष्ण नगरबाट आ–आफ्ना स्थानीय निकायले रिशिव गरि आवश्यक स्वास्थ्य परिक्षण र क्वारेन्टाइन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार